Tuesday, July 14, 2026

 

तीन हजार वर्ष पुरानो यात्रामा नोलनको नजर





News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक क्रिस्टोफर नोलनको १३औँ फिचर फिल्म \'ओडिसी\' तीन हजार वर्ष पुरानो होमरको महाकाव्यमा आधारित भएर तयार गरिएको छ।
  • यो फिल्म ओडिसियसले युद्ध जितेपछि आफ्नो घर फर्किन गरेको संघर्ष र भित्री द्वन्द्वको कथा हो जुन आधुनिक समयमा समेत सान्दर्भिक मानिएको छ।

कहिलेकाहीं केही कथाहरू समयसँगै पुराना हुँदैनन् । बरू समयसँगै तिनको अर्थ अझ फराकिलो हुँदै जान्छ ।

तीन हजार वर्षअघि कवि होमरले एउटा यस्तै व्यक्तिको कथा लेखे, जसले युद्ध जितेर पनि कहिल्यै शान्ति भेटाउन सकेनन् । अनि अनेकन् हन्डर–ठक्कर पश्चात उनी अन्ततः आफ्नै घर फर्कन चाहे ।




ती हुन् – ओडिसियस ।

र त्यो कथा हो – दी ओडिसी


अब त्यो कथा नजिकका सिनेमा हलहरूमा लाग्न केही दिन मात्र बाँकी छ । यसपटक यसको यात्रालाई अगाडि बढाउने व्यक्ति हुन् – क्रिस्टोफर नोलन । जसले समयलाई उल्टोसुल्टो पारेर थुप्रै पटक कथा सुनाइसके । दर्शकलाई सपनाभित्र अर्को सपना देखइसके । वैज्ञानिकको आँखाबाट संसारले भोगेको सबैभन्दा ठूलो नैतिक प्रश्न देखाइसके । उनै नोलन यसपटक मानव सभ्यताको सुरुवाती कल्पनाशक्तिलाई आकार दिएको कथामा फर्किएका हुन् ।

ओडिसी नोलनको १३औं फिचर फिल्म बनेको छ । यो फिल्मलाई आधुनिक सिने इतिहासमा अत्यन्तै महत्त्वकांक्षी र प्राविधिक रूपमा ऐतिहासिक परियोजना भनेर व्याख्या गरिएको छ ।

नोलनको पछिल्लो फिल्म ओपेनहाइमर बक्स अफिस र समीक्षात्मक दुवै दृष्टिकोणमा अब्बल रह्यो । त्यसपछि उनी यो परियोजनामा जोडिएका थिए । नोलनले युनिभर्सल पिक्चर्स र आफ्नो कम्पनी सिन्कोपीको ब्यानरमा यो फिल्म तयार पारेका हुन् ।

 विश्व सिने जगतमा ओडिसी किन यति ठूलो चर्चाको केन्द्र बनिरहेको छ त ?

सायद यसको उत्तर फिल्ममा मात्र सीमित छैन । यसको उत्तर त्यो पुरानो प्रश्नमा छ, जुन ओडिसियसले तीन हजार वर्षअघि सोधिरहेको थियो – आखिरमा मान्छे कहाँ फर्किन खोजिरहेको हुन्छ ?

एउटा युद्धपछि सुरु भएको अर्को युद्ध

इतिहासमा धेरै महान मानिएका कथाहरू युद्धबाट सुरु भएका छन् । ओडिसीको मुख्य कथा भने युद्ध सकिएपछि सुरु हुन्छ ।  किनक ओडिसीलाई इलियडको निरन्तरता पनि मान्ने गरिन्छ । जुन होमरको अर्को ऐतिहासिक कृति हो ।

ओडिसीको मुल कथामा ट्रोजन युद्ध भर्खरै सकिएको छ । ग्रीक सेनाले विजय हासिल गरेको छ । तर इथाकाका राजा ओडिसियसका लागि वास्तविक परीक्षा भने बल्ल सुरु हुन्छ । उनी आफ्नै घर फर्किन चाहन्छन् । आफ्नी पत्नी पेनेलोप र छोरा टेलिमाकसलाई भेट्न चाहन्छन् ।  

यसका साथै नोलनले पुरानो कथालाई कति परिवर्तन गरेका छन् भन्ने प्रश्न अहिले धेरैको मनमा छ ।

तर घर फर्किने उनको बाटो सहज हुँदैन । बाटोमा समुद्र आउँछ । देवताहरू उनको विरुद्धमा लाग्छन् । र प्रकृतिले उनको धैर्यको परीक्षण गर्छ ।

यसरी उनको घर फर्कने यात्रामा आँखा भएको विशाल साइक्लोप्स, आफ्नो आवाजले मोहित पार्ने साइरन, जादुगर सर्से, समुद्री राक्षसहरू र अमरत्वको प्रस्ताव गर्ने क्यालिप्सो आइरहन्छन् । ओडिसियसले सामना गर्ने यी हरेक चुनौतीहरू व्यक्तिको भित्री संघर्षको प्रतीक भएको साहित्यका समालोचकहरूको भनाइ छ।  

साइक्लोप्स शक्ति हो ।

साइरन प्रलोभन हो ।

क्यालिप्सो आरामको मोह हो ।

र समुद्र आफैं अनिश्चित जीवनको रूपक हो ।

त्यसैले ओडिसी एउटा राजाको यात्रा त हो नै, सँगै यो आफूलाई खोजिरहेको मानिसको यात्रा भएको बताइन्छ । र, यो कुरा नै अब सिने हलमा लाग्न लागेको हो ।

तीन हजार वर्षअघिको कथा 

मानव सभ्यताको इतिहास हेर्ने हो भने धेरै कुरा बदलिएका छन् । हामी घोडा छाडेर गाडीहरूमा यात्रा गर्न थालेका छौं । तारामण्डलहरूको अध्ययन गर्न थालेका छौं । एआई हाम्रो अभिन्न अङ्ग भइसकेको छ । तर पनि धेरै मान्छेको लागि केही प्रश्न अझै उस्तै छन् –

म को हुँ ?

म कहाँ जाँदैछु ?

मेरो घर कहाँ हो ?

यही कारण तीन हजार वर्ष पुरानो भए पनि ओडिसी अझैं जीवित भएको तर्क गरिन्छ । किनकि ओडिसीलाई कुनै एउटा समय वा ठाउँको कथा नमानेर हरेक युगको कथा मान्ने जमात ठूलो छ ।  युद्धबाट फर्किएको सैनिक होस् वा आफ्नो पहिचान खोजिरहेको युवा – ओडिसियसको यात्रामा सबैले आफूलाई देख्न सक्ने बताइन्छ । 

नोलन किन पुरानो कथातिर फर्किए ?

क्रिस्टोफर नोलनका फिल्महरू हेर्ने हो भने एउटा कुरा स्पष्ट देखिन्छ – उनी बाहिरी संसारभन्दा बढी व्यक्तिको भित्री संसारमा रुचि राख्छन् ।

मेमेन्टोमा उनले स्मृति गुमाएको मानिसको कथा भने । इन्सेप्सनमा सपनाभित्रको संसार बनाए । इन्टरस्टेलरमा समय र प्रेमलाई ब्रह्माण्डसँग जोडे । ओपेनहाइमरमा विज्ञान र नैतिकताको द्वन्द्व देखाए । अब ओडिसीमा उनी एउटा यस्तो मानिसको कथा भन्न खोजिरहेका छन्, जो संसार घुमेर अन्ततः आफूलाई भेट्न खोज्छ ।

यो सम्भवतः उनको पुरानै प्रश्नको अर्को रूप हो – आखिरीमा व्यक्तिलाई व्यक्ति बनाउने बनाउने कुरा के हो ?

त्यसमाथि क्लासिक महाकाव्य हो । त्यस्तोमा फिल्ममेकरको नजरबाट हेर्दा नोलनले एउटा पुरानो कथा लिनु आफैंमा जोखिम हुन्छ । किनकि दर्शकलाई कथा थाहा छ ।

ओडियसको पत्नी पेनेलोपको भूमिकामा एन ह्याथवे र छोरा टेलिमाकसको भूमिकामा टम हल्यान्ड ।

उनीहरूलाई थाहा छ –  ओडिसियस घर फर्किन्छन् । पेनेलोप प्रतीक्षा गर्छिन् । देवता राक्षस आउँछन् । त्यसो भए प्रश्न उठ्छ – जब फिल्मको अन्त्य थाहा छ भने दर्शक किन हेर्न जाने ? सायद यसको उत्तर नै नोलनको सबैभन्दा ठूलो चुनौती र सफलता हो ।

अब अलिकता इतिहास हेरौं । 

दर्शकहरूलाई टाइटानिकको अन्त्य थाहा थियो । ओपेनहाइमरको इतिहास थाहा थियो । तर पनि ती कथाहरूले दर्शकलाई तानिछाडे । किनकि नोलन जस्ता निर्देशकहरूले कथा नभएर अनुभव परिवर्तन गर्छन् । कथा थाहा हुनु र कथा महसुस गर्नु पक्कै फरक कुरा हो ।

नोलन स्वयंका लागि यो सिनेमा करियरकै सबैभन्दा महत्वाकांक्षी परियोजनामध्येको एक बन्यो । हरेक नजरबाट । किनकि फिल्मको अनुमानित बजेट नै २५ करोड अमेरिकी डलर बताइएको छ । यो आँकडा उनका लागि अहिलेसम्मकै महँगो हो । तर, यसमा पैसाभन्दा पनि उनले फिल्मलाई कसरी बनाएका छन् भन्ने सन्दर्भ बढी चर्चा हुन्छ । 

किनकि यो पूर्णरूपमा आईम्याक्स ७० एमएम फिल्म क्यामेरामा खिचिएको पहिलो फिचर फिल्म हो । डार्क नाइट, इन्टरस्टेलर जस्ता आफ्ना अघिल्ला फिल्महरूमा उनले आईम्याक्स प्रयोग नगरेका भने होइनन्।

नोलन डिजिटल प्रविधिभन्दा वास्तविक अनुभवमा विश्वास गर्ने निर्देशक हुन् । उनलाई आधुनिक डिजिटल क्यामेराभन्दा एनालग क्यामेरामै प्रेम छ । त्यसैले उनले सम्भव भएसम्म वास्तविक लोकेसन, वास्तविक प्रकाश र वास्तविक भौतिक वस्तु प्रयोग गर्ने गरेका छन् । यसैले यो फिल्मको छायाङ्कन ग्रीस, मोरक्को, इटाली, आइसल्यान्ड र स्कटल्यान्डका समुद्र, डाँडापाखा आदिमा गरिएको थियो । 

सिनेमाको एक दृश्य ।

दु:खको कुरा नेपालमा आईम्याक्स थिएटर छैन । यसले गर्दा चाहेर पनि नेपाली दर्शकले नेपालमा यो फिल्मको पुरा मज्जा लिन पाउँदैनन् । यद्यपि नोलनका लागि आईम्याक्स सधैं कथा भन्ने माध्यम बन्दै आइरहेको छ । उदाहरणका लागि, यो फिल्ममै पनि दर्शकले सामान्यभन्दा ठूलो फ्रेम अनुभव गर्न पाउनेछन् । जब ओडिसियस समुद्रमा हुनेछन्, दर्शकले समुद्रसँगै समुद्रको विशालता महसुस गर्न पाउने छन्।

त्यो अनुभव नेपालमा बसेर यो फिल्म हेर्नेले छुटाउने छन् ।

अहिले नेपालमा यो फिल्मको प्रिबुकिङ खुलिसकेको छ । यदि तपाईं पनि ओडिसी हेर्न हल जाँदै हुनुहुन्छ भने एउटा कुरा पहिल्यै बुझ्न जरुरी छ –  यो राक्षस, देवता र युद्धको कथा होइन । कुनै सुपरहिरोको कथा होइन । यो संसार जितेर पनि आफ्नो सबैभन्दा ठूलो युद्ध आफैंभित्र लडिरहेको एउटा मान्छेको कथा हो । 

भलै अहिलेसम्म फिल्मको कथाका ट्विस्टहरू त्यति खुलाइएको छैन । यद्यपि सम्भवतः नोलनले यही पक्षलाई ठूलो पर्दामा ल्याउन खोजेका छन् ।

कथामा पात्रहरू

ग्रीक मिथकमा ओडिसियस इथाकाका राजा हुन्छन् । उनी बलभन्दा पनि आफ्नो बुद्धिका कारण बढी चिनिन्छन् । ट्रोजन युद्धमा ग्रीक सेनाले विजय हासिल गर्नुमा उनको ठूलो भूमिका हुन्छ । प्रसिद्ध ट्रोजन हर्स उनैको योजना हुन्छ ।

धेरै पटकओडिसीलाई ओडिसियसको साहसिक यात्राका रूपमा मात्र बुझिन्छ । तर यसमा अर्को महत्वपूर्ण पात्र छन् – पेनेलोप । जो ओडिसियसकी पत्नी हुन् । जब ओडिसियस वर्षौंसम्म घरबाट टाढा हुन्छन्, पेनेलोपले कुनै स्वार्थ नराखकी इथाकामा बसेर ओडिसियसको प्रतीक्षा गरिरहन्छिन् । 

लामो समयसम्म ओडिसियस घर नफर्केकाले इथाकाका धेरै पुरुषले पेनेलोपलाई विवाह गर्न दबाब दिन्छन् । तर पेनेलोपले एउटा गज्बको चाल चल्छिन् । पहिले एउटा कपडा बुन्ने काम पूरा गर्छु, त्यसपछि निर्णय गर्छु भन्छिन् । अनि दिनभर कपडा बन्छिन् । राति परेपछि फेरि तिनलाई बिगारिदिन्छिन् । यसरी उनले वर्षौंसम्म टारिरहन्छिन् । 

ओडिसियसको भूमिकामा म्याट डेमन ।

नोलनको यो फिल्ममा ओडिसियसको भूमिकामा म्याट डेमन छन् । उनका छोरा टेलिमाकसको भूमिकामा टम हल्यान्ड छन् । पेनेलोपको भूमिकामा एन ह्याथवे छन् । यसका अतिरिक्त रोबर्ट प्याटिन्सन, जेन्डाया, लुपिता न्योङओ, चार्लिज थेरोनलगायत कलाकारहरू छन् ।

तर, ओडिसी रिलिजअघि नै यहीँ कास्टिङलाई लिएर विवादमा पनि तानिएको छ । विशेषगरी लुपिता न्योङओलाई हेलेन अफ ट्रोयको भूमिकामा लिएको विषयमा केही फ्यानहरूले प्रश्न गरिरहेका हुन् । केहीले भने प्राचीन ग्रीक पात्रहरूको प्रस्तुतिबारे प्रश्न गरिरहेका छन् ।

 निर्देशक नोलनले भने यस्ता आलोचनालाई नयाँ कुरा नभएको बताएका छन् । उनका अनुसार द डार्क नाइटमा हेथ लेजरलाई जोकर बनाउँदा पनि यस्तै प्रतिक्रिया आएको थियो । तर पछि हेथको अभिनयको सर्वत्र चर्चा भएको थियो। 

त्यस्तै कतिपयले भने मिथकलाई आधुनिक बनाउन मिल्छ कि मिल्दैन भन्ने जस्ता प्रश्न पनि गरिरहेका छन् । तर, यो बहस ओडिसी बाहेक हरेकपटक पुरानो कथा नयाँ पुस्ताका लागि उठिरहेको देखिन्छ । यसका साथै नोलनले पुरानो कथालाई कति परिवर्तन गरेका छन् भन्ने प्रश्न अहिले धेरैको मनमा छ । किनकि लामो अन्तरालमा ओडिसीलाई विभिन्न तरिकाले पुनः व्याख्या गरिएको छ । कसैले यसलाई साहसिक यात्रा बनाएका छन् । कसैले प्रेमकथा त कसैले युद्धपछिको मानसिक आघातको कथा । 

नोलनले कुन बाटो रोजेका छन् भन्ने कुरा फिल्म हेरेपछि मात्र थाहा हुनेछ । तर उनका अघिल्ला फिल्महरू हेर्दा अनुमान गर्न सकिन्छ – उनको रुचि के भयो ? मा भन्दा पनि किन भयो ? मा बढी हुन्छ ।

के इतिहास दोहोरिन्छ ?

अहिले सामाजिक सञ्जाल, जारी विश्वकप, मलहरू जताजतै यो फिल्मको चर्चा देख्न सकिन्छ । किन ? एक त नोलनको नाम आफैं एउटा कारण हो ।

तर यसपटक अर्को कारण पनि छ – उनले रोजेको विधा विशाल ऐतिहासिक पौराणिक महाकाव्य । जुन आजको हलिउडमा दुर्लभ हुँदै गएको छ । एक समय हलिउडमा यस्ता फिल्महरू नियमित बन्थे । लरेन्स अफ अराबिका, बेन हर केही उदाहरण हुन् । तर पछिल्ला वर्षहरूमा डिजिटल फ्रेन्चाइज र सुपरहिरो फिल्मको प्रभुत्व बढेपछि यस्ता मौलिक महाकाव्य कम बनेका छन् ।

नोलनले हरेक जसो फिल्मबाट सिने उद्योगलाई केही न केही दिँदै आएको ट्य्राक रेकर्ड छ । के थाहा ओडिसीले यस पटक फेरि इतिहास बनाउँछ कि !



Sunday, June 21, 2026

Sithi Nakha (सिथि नखः)

 

Sithi Nakha (सिथि नखः)

Is an important traditional festival of the Newar community in Nepal. It is celebrated on the sixth day (Sithi) of the bright fortnight (Shukla Paksha) in the Nepali month of Jestha (May–June).

The festival has both religious and practical significance.

Religious significance

Sithi Nakha is dedicated to the worship of Kumar (also known as Kartikeya or Skanda), the son of Shiva and Parvati. Devotees pray for health, courage, and the well-being of their families.

Cleaning of water sources

One of the most distinctive traditions of Sithi Nakha is the community cleaning of wells, stone spouts (hiti), ponds, and water canals. Before the arrival of the monsoon, local residents work together to remove mud, leaves, and debris so that water flows freely. This tradition has long helped maintain Nepal's traditional water supply systems.

Traditional foods

Families prepare special Newari dishes, including:

  • Wo (Woh) – lentil pancakes
  • Chatamari – often called Newari rice pizza
  • Bara – savory lentil patties
  • Seasonal vegetables and other festive foods

These dishes are shared with family members and guests.

Cultural importance

Sithi Nakha reflects the Newar values of:

  • Community cooperation
  • Environmental stewardship
  • Respect for traditional water systems
  • Family gatherings and shared meals

Today, many neighborhoods in places such as Kathmandu, Lalitpur, and Bhaktapur continue the tradition of cleaning local water sources, making Sithi Nakha a festival that combines cultural heritage with environmental conservation.

Tuesday, June 16, 2026

हिमालयन फुड इन्टरनेशनल प्रा. लि.

हिमालयन फुड इन्टरनेशनल प्रा= लि= सिन्धुलीको आर्थिक विकासको नयाँ आधार

नेपालको कृषि तथा पशुपालन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने उद्देश्यले सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा निर्माणाधीन हिमालयन फुड इन्टरनेशनल प्रा. लि. ले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। भैंसीको मासु प्रशोधन तथा निर्यातमा केन्द्रित यस उद्योगले रोजगारी सिर्जना, किसानको आय वृद्धि विदेशी मुद्रा आर्जनमा सकारात्मक प्रभाव पार्न सक्छ।

आर्थिक प्रभाव

हिमालयन फुड इन्टरनेशनलको स्थापना भएपछि स्थानीय क्षेत्रमा ठूलो मात्रामा लगानी भित्रिनेछ। उद्योग सञ्चालनका लागि सडक, विद्युत्, सञ्चार तथा अन्य पूर्वाधारको विकास आवश्यक हुने भएकाले यसले समग्र क्षेत्रको आर्थिक गतिविधि बढाउनेछ। उद्योगबाट उत्पादन हुने प्रशोधित मासु विदेश निर्यात हुँदा नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्नेछ, जसले व्यापार घाटा कम गर्न सहयोग पुर्याउन सक्छ।

रोजगारीका अवसर

उद्योग सञ्चालन भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। प्रशोधन केन्द्र, प्रशासन, ढुवानी, पशुपालन, भण्डारण तथा बजार व्यवस्थापन जस्ता क्षेत्रमा स्थानीय युवाहरूले रोजगारी प्राप्त गर्न सक्नेछन्। यसले वैदेशिक रोजगारीमा निर्भरता कम गर्न पनि मद्दत पुर्याउन सक्छ।

स्थानीय किसानलाई हुने फाइदा

पशुपालन गर्ने किसानहरू यस उद्योगका मुख्य लाभग्राही हुन सक्छन्। उद्योगलाई नियमित रूपमा भैंसीको आवश्यकता पर्ने भएकाले किसानहरूले आफ्नो उत्पादनको सुनिश्चित बजार पाउनेछन्। उचित मूल्य प्राप्त भएमा पशुपालन व्यवसाय थप आकर्षक बन्नेछ ग्रामीण क्षेत्रमा आयआर्जनका अवसरहरू विस्तार हुनेछन्। यसले आधुनिक पशुपालन प्रविधि अपनाउन पनि किसानलाई प्रोत्साहन गर्नेछ।

चुनौतीहरू

उद्योगले वातावरणीय व्यवस्थापन, स्थानीय समुदायसँगको समन्वय, पशु स्वास्थ्य तथा गुणस्तर मापदण्डको पालना जस्ता विषयमा विशेष ध्यान दिन आवश्यक छ। दीर्घकालीन सफलताका लागि स्थानीय जनताको विश्वास सहभागिता महत्वपूर्ण रहनेछ।

निष्कर्ष

हिमालयन फुड इन्टरनेशनल प्रा. लि. सिन्धुली आसपासका क्षेत्रका लागि आर्थिक विकासको महत्वपूर्ण अवसर बन्न सक्छ। उचित व्यवस्थापन, किसानमैत्री नीति दिगो विकासका सिद्धान्तहरू अवलम्बन गर्न सकेमा यस उद्योगले स्थानीय समुदायको जीवनस्तर सुधार्न, रोजगारी सिर्जना गर्न नेपालको निर्यात क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।